भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, नयाँ दिल्ली विश्वका सबैभन्दा प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ ।
नयाँ दिल्लीको वायु गुणस्तर सूचकांक अत्यन्तै खराब (एआइक्यू) ७२१ रहेको छ । तथ्याङ्कले शीर्ष १० भित्र भारतका तीन सहरको अवस्था चिन्ताजनक रहेको देखाएको छ । भारतकै कोलकाता, मुम्बई क्रमशः आठौं र नवौं स्थानमा सबैभन्दा धेरै प्रदूषित सहरको बनेको छ ।
भारतपछि पाकिस्तानको लाहोर ४९९ एआइक्यूका साथ दोस्रो स्थानमा रहेको छ भने भियतनामको हनोइ २०३ एआईक्यूका साथ तेस्रोमा रहेको छ । सूचीको चौथो स्थानमा खाडी मुलुक कतारको राजधानी दोहा छ । दोहाको एआइक्यू १६३ रहेको छ । पाँचौं स्थानमा १६२ एआइक्यू पाएर मंगोलियाको उलानबाटर छ ।
शीर्ष १० भित्र इजिप्टको कायरो, बंगलादेशको राजधानी ढाका र बहराइनको मनामा सहर परेका छन् । नेपालको वायु पनि मंगलबारको भन्दा कम सुधार देखिएको छ । तेह्रौं स्थानमा रहेको राजधानी काठमाडौंको एआइक्यू १४५ रहेको छ । वायु प्रदूषण बढ्दा स्वास फेर्न गाह्रो हुने लगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नयाँ दिल्ली