सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरुमा छटपटी शुरु भएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक टोली बनाएर अनुगमन गर्न थालेको छ । जसमा चितवनका एक डिएसपीलाई कारवाहीको तयारी थालिएको छ ।
तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएका सशस्त्र प्रहरीका डिएसपी शम्भु कटुवाललाई कारवाहीको तयारी थालिएको हो । उनी अहिले चितवनको छरछरे बिओपीको इन्चार्ज रहेका छन् । न कतै मिसन गएका छन्, न तलबले त्यत्रो घर बन्छ, उनी करिब १० बर्ष मधेस प्रदेश बसेर तस्करी गराउन तल्लीन थिए ।
जसले घर र अरु २–३ वटा घडेरी किन्न सफल पनि भए । चितवन गएपछि उनको विषयमा अनेकन प्रश्न उठेकाले अनुगमन टोली पठाएको थियो । अहिले चितवनक छरछरे बिओपी पुगेका उनी त्यहाँ तस्करी गराउन नपाएपछि मातहत कर्मचारी बिदा छोडेर राशनबाट कमाउन लागेका थिए ।
महंगा होटेलमा पुगेर बिदा मनाउने उनलाइ पैसको जरुरत पर्यो अनि ३० जना रहेको बिओपिमा २० जना त बिदामानै हुन्छन् भन्ने उजुरीका आधारमा अनुगमन गरिएको थियो । त्यसमा कमजोरी भेटिएपछि कारवाही थालिएको छ । कमान्डर हुँदा कहिल्यै सुधारको काम नगर्ने तर कामाउधन्दा मात्र गर्ने उनको बानी रहेको बताइन्छ ।
‘चितवनको छरछरे नाका होइन त्यसैले उनको ध्यान बिदा छोडेर राशनमा गएको रहेछ,’ श्रोतले भन्यो । उनको महंगो दैनिकी देखेर मातहत कर्मचारी समेत अचम्म पर्ने गरेका थिए । उनी मात्र होइन राशनको पैसाले उनको घर परिवारलाई पनि खर्च पुर्याउनुपर्ने उनीसँग तराइ बसेका एक जुनियर अधिकृतले बताए ।
कर्मचारीलाई विदामा पठाएकै कारण चितवनमा रहेको गणले थप मद्दत माग्दा दिन सकेको छैन । उनको विषयमा अहिले मूख्यालयमा उजुरी परेको र उजुरीपछि मूख्यालयले उनको निगरानी बढाएको छ । ‘उजुरी परेको थियो यसमा छानवीन भैरहेको छ,’ मुख्यालय स्रोतले भन्यो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं