सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । योसहित रविको चौथोपटक म्याद थप भएको हो ।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो । यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
लामिछानेलाई तेस्रो पटक थपिएको म्याद कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ गते सकिएको हो । हिजो शनिबार भएकाले प्रहरीले आज लामिछानेसहित तिनैजनालाई अदालत उपस्थित गराएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं