रामले हरिण रूप राक्षस् मार्दा
कृष्णले मृत्युवरण गर्नुपर्यो ।
यो शास्त्रका न्याय हो,
बदला पनि
बिना भेदभाव
सबैमा समान ।
प्रसंग बदलौं
जन्मिने जति सबै पापी हुन
यो शास्त्रले लेख्दैनन्
ब्रह्माको सृष्टि कायम राख्न,
नभए शास्त्रले तिनै जीवलाई पुनःजन्म दिन्छ,
जसले मृत्युवरण गरेको जन्ममा पाप गरेका छन् ।
त्यसैले पाप गरौं
भन्ने शब्द शास्त्रले सिकाएनन्
र गर्नेलाई
अर्को जन्मको पनि डर त्रास देखाइयो ।
यो हो
राज्य सञ्चालनको नीति,
सृष्टि सञ्चालनको नीति ।
गौरादह–३, झापा
प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार
सत्यपाटी