सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकको रोजाइमा आकर्षक गाउँहरु (तस्वीर कथा)

पछिल्लो समय ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका गाउँहरु आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

जंगालगाउँ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ । तस्वीर : दीपक बोहरा । रासस

साल्दाङ गाँउ

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ गाँउ । यहाँको मुख्यबालीको रुपमा रहेको उवा साल्दाङबासीले भित्र्याउन थालेका छन् । तस्वीर : हेमन्त केसी । रासस

मार्फा गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको यो गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : सुशील थकाली । रासस

कुन्छाल गाउँ

मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल गाउँ । यस गाउँमा गोपाली समुदायको बसोबास रहेको छ । पर्यटकका लागि गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेको छ । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतवार १३:५८

लोकप्रिय