सूचनाको शक्ति - The Power Of Information

        

भीरमा फालेर ६ वर्षीय छोराको हत्या

बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठे खोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १२:०२

लोकप्रिय