आज २०८१ असोज १९ गते शनिवार, ५ अक्टोबर २०२४ । आश्विन शुक्लपक्ष, तृतीया तिथि । स्वाती नक्षत्र । चन्द्रराशि तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर लक्ष्यअनुसार सबै काम सम्पादन नहुन सक्छ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । सम्पादित कामबाट थोरै भए पनि धन लाभ हुनेछ । काममा समस्या आउन सक्छ, तर समाधानको बाटो पहिल्याृन सकिनेछ । तत्काल ठूलो उपलब्धि नभए पनि पछिका लागि बलियो जग बसाउन सकिनेछ, मिहिनेत गर्नुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । समय लागे पनि लक्ष्य पहिल्याउन सकिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ । रोकिएका काम दोहोर्याउनुपर्ने समय छ । पहिलेका सम्झौतामा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले फजुल खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ । आलस्यले काममा पछि परिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरका साथ चुनौती पनि देखा पर्नेछन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । समयमा आलस्य गर्ने बानीले पनि काममा बिग्रन सक्छ, पछि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश आफन्त र साथीभाइबाट टाढिनुपर्ने हुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ । रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । सञ्चित धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई पनि मनन गर्नुहोला ।
सत्यपाटी