यसवर्षको दसैँका लागि सफा तथा सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैंक तथा अनुमति पाएका शाखाहरूबाट २२ गतेसम्म सुकिला नोट साट्न पाइने भएको हो ।
बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताइएको छ ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । यसपटक नयाँ नोट वितरण गर्दा नागरिकहरुमा पहिलेको जस्तो उत्साह भने छैन ।










प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार
सत्यपाटी