
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । उक्त ताल लगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । गाडीको बाटोले परम्परागत रुपमा स्थापित मार्गलाई छोटो तथा सहज बनाएकाले पनि पर्यटकहरुको संख्या बढेको हो । तस्वीर : नवीन लामिछाने । रासस
प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार
सत्यपाटी