आज २०८१ भदौ २४ गते सोमवार, ९ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, षष्ठी तिथि १७ः०६ बजेपछि सप्तमी । विशाखा नक्षत्र, १४ः५८ बजेपछि अनुराधा । चन्द्रराशि तुला, ८ः३१ बजेपछि वृश्चिक ।
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि सामान्य फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
सोचेको नतिजा हातलागी नहुन सक्छ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । आयस्रोत कमजोर रहने समय छ ।
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि अनुकूल समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा जुट्न नसकिएला । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । फाइदा नहुने काममा जुट्नुपरे पनि दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ ।
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले अप्ठ्यारो समयमा पनि लाभ दिलाउनेछ ।
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । लगनशीलताले उत्साह जगाउनेछ ।
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं