सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ भदौ २३ गते आइतवारको राशिफल

२०८१ भदौ २३ गते आइतवार, ८ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, पञ्चमी तिथि १५ः४७ बजेपछि षष्ठी । स्वाती नक्षत्र, १३ः०१ बजेपछि विशाखा । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ । बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ । मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । पछिलाई फाइदा हुने भए पनि सोचेको प्रतिफल तत्काल नपाइएला । समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन् । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पनि पछि परिने सम्भावना छ । स्वास्थ्यका कारण काम रोकिन सक्छ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकी व्यस्त भइरहने देखिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार हुनेछ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार ०६:२५

लोकप्रिय