मात्र गाथ न छुटेको हो मेरो ‘माया’,
साथ र सामिप्यता झनै गाढा गाढा हुँदै जानेछ,
टेक्ने स्थान न फरक भएको हो मेरी ‘प्रिया’,
जता गए पनि धरातल सधैं यहि नै त हुनेछ,
भौतिक दूरी अलिकति बढेको न हो मेरो ‘मुटु’,
जीवन रहुन्जेल यो हामीसँग सँगै नै त धड्किरहनेछ,
बस् भौतिक रूपमा हामी साथै नभएको न हो मेरो ‘प्राण’,
हाम्रा हर ढुकढुकी र निश्वासले एकअर्कालाई सधैं अनूभूत गरिरहनेछ,
मलाई बिश्वास छ,
यो दूरीले तिमी र तिम्राहरूबीचको प्रेम र विस्वासमा अझैं गाढा इन्द्रेणी रंग भर्नेछ,
यो सम्झौताले तिमीलाई तिम्रा समकक्षीहरू माझको हेराईमा केहि उँचाई थप्नेछ,
यो त्यागले तिमीले देखेका सपनाहरूमा अकाट्य आधारपूर्ण आयाम थप्नेछ,
यो भोगाईले तिमीमा जीवनका आरोह अवरोहमा अविचल रहन बल प्रदान गर्नेछ,
तसर्थ मेरी ‘माया’ मेरो ‘मुटु’ मेरो ‘प्राण’
हर कठिन परिस्थितिलाई चुनौती मानेर सामना गर्नु,
हर असम्भव अवस्थालाई अवसर ठानेर अगाडि बढ्नु,
हर महत्वपूर्ण निर्णय लिँदा आफैंलाई अन्तिम विस्वास गर्नु,
हर कर्म सम्पन्न गर्दा अन्तरमनले पितृ र ईष्टदेवको स्मरण गर्नु ।
विजयी भवः
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कमला डिसी