नेपाली नारीको पर्व तीज नजिकिँदै गर्दा बजारमा खाले–खाले तीज गीतहरु आउन थालेको छ । चर्चा र भाइरल हुने मनसायमा तीज गीतमा अराजकता मौलाएको छ । पछिल्लो समय बजारमा आइरहेका तीज गीतहरुले यही पुष्टि गर्छ । केही साताअघि मात्र ‘विस्ताराले पोल्यो’ बालेको तीज गीत गाउँदा विवादमा आएपछि गायिका शान्तिश्री परियारले माफी नै माग्नु परेको थियो ।
सुन्दाभन्दा पनि भिडियो हेर्दा भद्दा लाग्ने उक्त गीतप्रति गायिकाले माफी मागेपनि युट्युबबाट हटाइएको छैन । उक्त गीतलाई लिएर शोसल मिडियामा विभिन्न किसिमका प्रतिक्रिया आइरहेको छ । धेरेजसोले उक्त गीतलाई भद्दा र अराजक भनेका छन् । तीज गीतको नाममा अराजकताको यो त एउटा उदाहरण मात्र हो । पछिल्लो दिन सार्वजनिक भइरहेका अधिकांश तीज गीतहरु तीजको मर्मसँग मेल खाने खालका छैनन् ।
त्यस्ता गीतहरु गाउनेहरु आलोचित भएपनि चर्चामा आइरहेका छन् । सम्बन्धीत निकायले वास्ता नगर्दा तीज गीतको नाममा समाजमा अल्लिलता र अराजक मौलाइरहेको छ । यसैक्रममा नविना सिलवालले काठमाडौं महानगरपालिकामा मेयर ‘बालेन शाह जस्तो पाए पोइला गइ दिन्थेँ’ जस्ता गीत गाएकी छन् ।
हास्य सिरियलमा ‘खुइली’का रुपमा चर्चित नविनाले गाएको ‘बालेन शाह’ बोलको तीज गीत शनिबार नविनाले आफ्नै अफिसियल युट्युब च्यालन ‘नविना खुईली’मार्फत सार्वजनिक गरेकी हुन् । जुन गीत अहिले सामाजिक सञ्जालमा भाइरल भएसँगै आलोचना हुन थालेको छ । तर, आलोचना भएपनि उक्त गीतले युट्युबमा भ्यूअर्स बटुलिरहेको छ ।
कलाकार खुइलीको मनशाय त्यही नै हो । उनी आफ्नो मिसनमा सफल भइरहेकी छन् । तर, उक्त गीत हेर्दा र सुन्दा अराजक लाग्छ । महानगरको मेयरजस्तो सार्वजनिक पदमा रहेका बालेनलाई तीज गीतमा प्रयोग गरिएको छ । जुन पटक्कै सुहाउँदैन । नविना ‘खुइली’कै शब्द, संगीत र स्वर रहेको ‘बालेन शाह’ गीतको भिडियोमा ख्ुइली आफैँले कम्मर मर्काएकी छन् ।
तीज गीत भनिए पनि भिडियोको सुरुवात अराजक शैलीमा सुरु हुन्छ । जसले नेपाली सांस्कृतिक तथा धार्मिक आस्था बोकेको तीजको मर्ममाथि पटक्कै मेल खाँदैन । तैपनि अहिलेसम्म सम्बन्धीत निकाय वा संघसंस्थाले एक शब्द बोलेका छैनन् । तीज गीतको नाममा अराजकता मौलिरहेको बेला न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बोलेको छ, न त प्रस्तोता समाज नेपालले नै ।
केही दिनअघि शान्तिश्रीको गीत आलोचित बन्दा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान एउटा विज्ञप्ति निकालेपछि मौन बसेको छ । जसले लोक तथा दोहोरी क्षेत्रका कलाकारको हित, अधिकार र संरक्षणबारे आवाज उठाउँदै आएको छ, ती संस्थाहरु नै मौन भइदिँदा लोक गीतको नाममा अझ विकृति बढ्ने देखिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं