कोहलपुर नगरपालिकाभित्र बनेका नयाँ र निर्माणाधिन सडकहरु गुणस्तरहिन देखिएका छन् । ठेकेदारको लाहपर्वाही र ठेक्का दिने दातालाई चर्को कमिसन बुझाउनुपर्ने सडकहरु गुणस्तरहिन देखिएका हुन् । अनुगमन गर्ने निकाय कमिसनको लोभमा परेपछि सडक निर्माणमात्रै नभएर अन्य भौतिक पूर्वाधार निर्माणका कामहरु समेत गुणस्तरहिन बन्दै गएको नगरबासीहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालयको चोकदेखि कोहलपुर रेडक्रस जाने बाटो (थापा मेडिकल पूर्वतर्फ)मा भत्किएको गुणस्तरहिन स्ल्याव ।
इलाका प्रशासन कार्यालय अगाडी बाइपास सडकमा परेको भ्वाङ्ग ।
इलाका प्रशासन कार्यालय अगाडी बाइपास सडकमा परेको भ्वाङ्ग ।
पुरानो बसपार्कको दक्षिणतर्फको सडकमा उप्किएको कालोपत्रे ।
सम्झौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको स्थानीयको आरोप छ । स्थानीयले पटक पटक गुणस्तरहिन काम गरेपछि कोहलपुर नगरपालिकाको प्राविधिकहरुलाई जानकारी गराए पनि बेवास्ता गरिएको बोहलपुरबासीहरुको भनाई छ । कोहलपुरमा अपारदर्शीरुपमा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित विकास निर्माणका कामहरु भएको भन्दै स्थानीयहरुले पटक–पटक आवाज उठाउँदै आए पनि कोहलपुर नगरपालिका भने कानमा तेल हालेर सुतिरहेको स्थानीयको आरोप छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके