सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९०० पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार ८०० बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु १०० ले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार ४०० मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार ७५० मा कारोबार भएकोमा आजका लागि भने रु एक हजार ७९५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं