सूचनाको शक्ति - The Power Of Information

        

थाई एयरलाई भैरहवा उडानको अनुमति

बैङ्कक मुख्यालय भएको थाई एयर एसियाले बैङ्कक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौँमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।

यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैङ्ककबाट भारत, हङकङ, चीन, कम्बोडिया, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलङ्का लगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ०६:३९

लोकप्रिय