जापानमा बस्ने नेपालीले ल्याएको तीज गीत रहरैमा यतिबेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तीज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो । पछिल्लो समय तीजको छेको पारेर भड्किला गीतहरू आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तीज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।
उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तीजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तीज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ, तुलसा सापकोटा, अविरल अधिकारी, इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं