सूचनाको शक्ति - The Power Of Information

        

चिडियाखानामा खेल्दै बाघ, झुम्दै दर्शक (तस्वीर कथा)

आज विश्वभर बाघ दिवस (जुलाई २९) मनाइँदैछ । बाघ दिवसको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन् ।

बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिडिया खानामा बाघ हेर्ने सर्वसाधारणको भीड लागेको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १६:०६

लोकप्रिय