नारायणगढ–मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएको छ । बस र यात्रुको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए ।
सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटना स्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाटसम्म खोजी गरेका थिए ।
भारतीय टोलीले ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले खोजीको क्रममा दुई वटा पोइन्टमा भारतीय टोलीले शंका गरेको र अब सो स्थानहरूमा नेपालका सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिने बताए ।
उनले हालसम्म २४ शव फेला परेकोमा १९ वटा शवको मात्र सनाखत भएको र पाँच वटा शवको सनाखत हुन नसकेको जानकारी दिए । अझै ४३ जना यात्रु हराइरहेको उनले बताए । काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा हराएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं