सूचनाको शक्ति - The Power Of Information

        

‘नम्बरी सुन’ हेर्ने १२ जनालाई सुनको चन्द्रहार उपहार

साउनको २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ टिमले दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । खल्ती एपबाट टिकट काट्ने पाँच जना र त्यसभन्दा बाहिरबाट टिकट काट्ने सात जनालाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने फिल्म प्रस्तुतकर्ता नारायण खातीले घोषणा गरेका हुन् ।

झन्डै ७० वर्ष अगाडि घरघरमा पुगेर सुनको गहना बनाउनेको कथामा बनेको फिल्म भएकै कारण यस्तो अफर ल्याएको उनले बताए । उपहारका विजेता लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ । फिल्ममा नम्रता सापकोटासहित गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । त्यस्तै समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ०९:०९

लोकप्रिय