नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’को बुकिङ खुला भएको छ । चलचित्रले राम्रो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रलाई ५४ शो दिएको छ । काठमाडौं उपत्यकामा २१ र बाहिर ३३ शो दिएको छ ।
वान सिनेमाजले ९, आईएनआईले १३ शो दिएको छ । एफक्यूबले ६ र बीएसआर मुभिजले ५ शोज दिएका छन् । अन्य मल्टिप्लेक्समा पनि सिनेमाले राम्रो शो पाएको छ । अनिल बुढा मगरले निर्देशन गरेको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), अनु थापा लगायतको अभिनय छ । चलचित्र ‘घरज्वाइँ’ यही शुक्रबारबाट रिलिज हुँदैछ ।
प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार
सत्यपाटी