२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

आज दिनभरको वर्षाले कहाँ के भयो ? (तस्वीर कथा)

लगातार वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जल सतह बढेको छ भने देशका अन्य भागमा पनि खोलानदीमा बाढी आएको छ ।

यसैगरी कतिपय ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ भने पानी बस्तीमा पसेको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृह मन्त्रालयमा आपत्कालीन बैठक बसेको छ ।

 

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार