अविरल वर्षासँगै देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । दर्जन बढी सडक अवरुद्ध हुँदा तराईमा डुबान भएको छ ।
वीरगन्ज महानगरपालिकाको–११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र डुबानसँगै सडक नदेखिँदा सडक किनाराको नालमा फसेको जीप । शुक्रबार रातीदेखि लगायतार परेको वर्षाको पानी सडकमै जम्मा भएपछि वीरगन्जका अधिकांश सडक डुबानमा परेका छन् । तस्वीर : विजयकुमार महतो । रासस
अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका–९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्वीर : कुलदीप न्यौपाने । रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह । पानीको सहत बढेसँगै मनाङ सदरमुकाम चामेस्थित पुललगायत आसपासको क्षेत्र जोखिममा परेको छ । तस्वीर : नवीन लामिछाने । रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका–११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्वीर : सुमित्रा अधिकारी । रासस
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गएको पहिरो डोजरको सहयोगमा हटाइँदै । वर्षाका कारण पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् । तस्वीर : कुलदीप न्यौपाने । रासस
जुम्ला सदरमुकाम खलङ्गा बजार र आसपासको क्षेत्र । वर्षासँगै खलङ्गा आसपासको क्षेत्रमा हरियाली छ । तस्वीर : विजय रावत । रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र र बस्तीमा पसेको छ । तस्वीर : रमेश गिरी । रासस
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा डुवानमा परेको सार्वजनिक शौचालय । पानी निकास नहुने होचो ठाउँमा शौचालय निर्माण गर्दा थोरै वर्षातमा समेत शौचालय डुबानमा पर्दा स्थानीय र यात्रु समस्यामा पर्ने गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस
पानी परेपछि तारकेश्वर नगरपालिका–१० स्थित मनमैजु, लोकतान्त्रिक चोक सडकमा शनिबार छाता ओढेर आफ्नो गन्तव्य जाँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल । रासस
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं