राजनीतिक दलका शीर्ष नेताहरुबीच तीव्र भेटघाट चलिरहेका बेला सरकारको मुख्य सचिवका लागि दौडधुप चलिरहेको छ । गत असार दुई गते (आइतबार) मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि प्रधानमन्त्रीले निमित्त मुख्यसचिवको भरमा कार्य सञ्चालन गर्दै आएका छन् ।
निमित्त मुख्य सचिवको जिम्मेवारी कानुनतर्फकी सचिव लीलादेवी गड्तौलाले पाएकी छिन् । निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका विशेष दरबन्दी सिर्जना गरेर थन्क्याइएको छ । निलम्बित मुख्य सचिव विरुद्ध अझै दुई वटा मुद्धा जान सक्ने भएकाले उनी फर्केर आउने संभावना निकै कमजोर रहेको छ ।
यस्तो अवस्थामा सरकारले तत्कालै मुख्यसचिव नियुक्ति गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा मुख्य सचिव निमित्तलाई धेरै छाड्नुहुँदैन भन्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्ट रहेको उनी निकट स्रोत बताउँछ । त्यसैले आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्य सचिव बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
आन्तरिक राजश्व विभागमार्फत छपाई हुने अन्तशुल्क स्टिकर छपाईमा अर्यालमाथि मुद्धा चलेको थियो । टेरामक्स, बिलिङ सिष्टम लगायतका प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले अर्यालविरुद्ध मुद्धा तयारी अवस्थामा रहेको छ ।
सरकारले छनौट गर्ने नयाँ मुख्यसचिवका लागि निमित्त मुख्य सचिव लीलादेवी गड्तौला, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
निमित्त मुख्य सचिव गड्तौला ५८ वर्षे उमेर हदका कारण यहीं भदौ १५ गते घर जाँदैछिन् । गृह मन्त्रालयका सचिव अर्याल अर्को मंसिरमा घर जाँदैछन् । उनी २०८२ मंसिर १० गते ५८ वर्ष पुग्नेछन् । त्यसैले अर्याल डेढ वर्ष पनि मुख्य सचिव नबन्ने देखिन्छ । राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली र सञ्चार सचिव रामकृष्ण सुवेदी मुख्य सचिव भए उनीहरु पनि साढे दुई वर्ष मात्र खाने देखिन्छन् ।
तीन वर्ष पुरा खाने भट्टराई मात्र देखिएका छन् । सेवा अवधिका कारण भने सुवेदी कात्तिकमा ज्ञवाली भदौमा अर्याल फागुनमा घर जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले चाहेको व्यक्ति मुख्य सचिव हुने भएकाले उनले कसलाई चाहेका छन् मुख्य सचिव नियुक्ति गरेपछि थाहा हुनेछ । अर्यालले एमालेका नाममा धेरै अवसर पाइसकेका कारण प्रधानमन्त्रीको रुची अर्यालतिर नभएको स्रोतको दाबी छ ।
सुवेदीलाई माओवादीकै सूचना लिक गर्ने सचिवका रुपमा लिइन्छ । उनी अख्तियार रहँदा माओवादीलाई असहयोग गर्ने सहसचिव भएकाले माओवादीले खास रुचाएका छैनन । अहिले उनी सञ्चार मन्त्रालयमा रहेका छन् । सञ्चारमन्त्रीले पनि उनलाई खास रुचाएकी छैनन् । विगतमा माओवादीकै सरकार रहेका बेला उपराष्ट्रपति कार्यालय, वित्त आयोग सुदूरपश्चिम प्रदेश खेदाइएकाले उनी मुख्य सचिव हुने संभावना निकै कमजोर रहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं