जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धान । विश्वकै लोकप्रिय धानमध्ये मार्सी धानको उत्पादन जुम्लामा मात्र हुँदै आएको छ । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धान तेस्रो मुलुकमा समेत लोकप्रिय बन्दै गएको छ । खेतीका लागि प्रत्येक वर्ष चैत १२ गते बीउ राखिन्छ । धानको बीउको बोरा पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा कालिमार्सी धान उत्पादनको आरम्भको दिन मानिन्छ । तस्वीर : सुरेश आचार्य । रासस
प्रकाशित मिति : २०८१ असार १३ गते बुधबार
सत्यपाटी