सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिकाको भवन नाम अनुसारको डिजाइन

सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन । २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ ।

वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ । भवनमा सूचना प्रविधि कक्ष, बैठक हलसहित ३३ वटा कोठा छन् । सबै पूर्वाधार अपाङ्गतामैत्री छ । भवनको पर्खालमा पालिकाका नौवटै वडाको चित्र र महत्वपूर्ण सूचना दिइएको छ । पालिकाको भवन करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १६:१३

लोकप्रिय