सूचनाको शक्ति - The Power Of Information

        

शरीरमा हेमोग्लोबिनको कमी भएमा के हुन्छ ?

तपाई अकस्मात् बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो भने कहिलेकाहीँ चिकित्सकहरूले शरीरमा हेमोग्लोबिनको मात्रा कम भएको पत्ता लगाउँछन् । शरीरमा जब हेमोग्लोबिनको कमी हुन्छ यसको असर शरीरमा बहने रगतको अक्सिजनको मात्रामा पर्छ ।

रगतमा अक्सिजनको कमीले कमजोरी हुन्छ । बिरामी बेहोस पनि हुनसक्छ । सामान्य काम गर्दा पनि श्वास फेर्न गाह्रो हुने गर्छ । तर खानपानको मात्रा मात्रै मिलाउन सकियो भने पनि हेमोग्लोबिनको मात्रा बढ्छ । रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ ।

यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्याउनु हो । तर स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ, जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ । यी तत्त्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।

हेमोग्लोबिन कम हुने कारण

आइरन, भिटामिन बी–१२ र फोलिक एसिडको कमी, कुनै दुर्घटनाले रक्तस्राव बढी हुनु, महिलामा महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुनु, दिसामा रगत जानु, शरीरले पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न नसक्नु हेमोग्लोबिन कमी भएको लक्षण हो ।

यस्तै वंशाणुगत कारण पनि हेमोग्लोबिनको कमी हुन सक्छ ।गर्भ रहेको चार महिनापछि गर्भवतीमा रगतको कमी हुन्छ । यसबेला रक्त अल्पताको पनि समस्या हुने गर्छ । त्यस्तै, बोन म्यारोमा समस्या, शरीरमा रगत फुटाउने रोग, जन्मजात हेमोग्लोबिन कम हुन सक्छ । विशेषगरी वृद्ध वृद्धामा आइरन कमी भएको व्यक्तिमा हेमोग्लोबिनको कमी हुने जोखिम हुन्छ ।

शरीरमा हेमोग्लोबिनको कमीले गर्दा देखिने समस्याहरू

– शरीर दुख्ने

– रक्तअल्पत्ता हुने

– किड्नी र कलेजोको बिरामी

– मुटु रोग

– मांसपेशीमा कमजोर हुने

– छालाको रङ बदलिने र घाउ चाडै निको नहुने

– महिनावारीको समयमा धेरै दुखाई हुने

– शरीर चिसो भइराख्ने

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०८:२३

लोकप्रिय