सूचनाको शक्ति - The Power Of Information

        

तोप चराको इन्जिनियरिङ (तस्वीर कथा)

भँगेरा वर्गमा पर्ने तोप चरालाई चराको ‘इन्जिनियर’ भनेर चिनिन्छ । कलात्मक गुँड बनाउने हुनाले यसलाई चराको इन्जिनियर भनिएको हो । तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ ।

गुँड रुखबाट तलतिर झुन्डिएको हुन्छ । यी चरा समूहमा बस्न मन पराउँछन् । त्यसैले यिनीहरूका गुँड एकै ठाउँमा हुन्छन् । तोप चरा हिउँदमा काठमाडौंमा आउँछन् । काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो । हरियो घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउछन् ।

झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक हुन्छ । यो चराले रुखमा झुन्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिको प्रतिस्पर्धा नै हुन्छ ।

काठमाडौँको बल्खु क्षेत्रमा तोप चराले बनाएका गुँड :

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार १५:०७

लोकप्रिय