उत्तर भारतका कतिपय भागमा केही समय यता चलिरहेको तातो हावाको लहरले दैनिक जीवनलाई असामान्य बनाइरहेको छ । बिहीवार त्यहाँ तापक्रम ४५ डिग्री सेल्सिअसभन्दा माथि पुग्यो भने राजस्थान राज्यको बरमर सहरमा त्यसले ४८.८ डिग्री सेल्सियस छुन पुग्यो ।
भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ । ऊर्जा खपत ह्वात्तै बढेपछि कैयौँ क्षेत्रमा पानी र विद्युत् अभाव देखा परेको छ । बुधवार दिल्लीमा ऊर्जा माग उच्च विन्दु अर्थात् ८ हजार मेगावाट पुग्यो जुन भारतको राजधानीको अहिलेसम्मकै सर्वाधिक हो ।
दिल्लीमा यस साताभर ४५–४६ डिग्री सेल्सियसबीच तापक्रम रहिरहँदा उखरमाउलो गर्मी महसुस गरिएको छ । जलवायु विज्ञहरूले उच्च आर्द्रताका कारण मानिसहरूले अनुभव गरिरहेको तापक्रम ५० डिग्री नाघेको बताउँछन् । दिल्लीका अस्पतालहरूमा तापक्रमसँग जोडिएका बिरामीको उपचार गर्ने विशेष सुविधा थपिएका छन् ।
त्यस्ता विरामीको सङ्ख्या समेत बढिरहेको छ । विज्ञापन सम्बन्धी क्षेत्रमा काम गर्ने ३४ बर्षिय रोहित नइरले गर्मी असह्य भएको बताउँछन् । ‘म दिनभर थकित महसुस गर्छु । यो वर्ष दिल्ली उम्लिरहेको छ,’ उनी भन्छन् । नइरले दिउसोमा घरबाहिर ननिस्कने गरे तापनि घरभित्र समेत असहज बनेको सुनाउँछन् । उनी भन्छन्, ‘एअर कन्डिसनर नखोलीकन बस्न असम्भव छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नयाँ दिल्ली