पूर्व नवलपरासीको उत्तरी भेगमा पर्छ, बुलिङटार गाउँपालिका । महाभारत श्रृङ्खलाअन्तर्गत समुद्री सतह देखि १९३६ मिटरमा पर्ने देवचुली डाँडाको काखमा यो गाउँ अवस्थित छ । बुलिङटार गाउँपालिका–४ मा पर्छ ।
मगर जातिको बाहुल्य रहेको यो सुन्दर गाउँमा २०७३ सालमा घरबास (होमस्टे) शुरु गरिएको हो । गाँउकै नाम र मगर समुदायलाई जोडेर ‘चुलीबोझा मगर सामुदायिक होमस्टे’ नाम दिइएको छ ।
पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित कोदोको ढिँडो, लोकल कुखुरा र सिस्नुको अचारको स्वाद लिन पाइन्छ ।
होमस्टे अन्तर्गत यहाँ पाहुनाका लागि १३ वटा घर छन् । होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्ने व्यवस्था रहेको होमस्टे सञ्चालक हेमलाल बरालले जानकारी दिए ।
चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल , पिँडालु, भट्ट र गहत लगायतका गेडागुडीको परिकारले पाहुनाको स्वागत गरिन्छ ।
मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच र झाम्रे नाच देखाइन्छ । चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य धौवादीको फलामखानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नवलपुर