उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
कांग्रेसले संसदभित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरु हिजोदेखि सहकारीपीडितहरूको पक्षमा सडकमा उत्रिएका छन् ।
कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो भने आज नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा वृहत विरोध ¥याली निकाल्ने भएको छ ।
तरुण दलले सहकारी पीडितहरुको पक्ष र सहकारी ठगको विरुद्ध आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँबानेश्वरसम्म वृहत विरोध ¥याली गर्न लागेको हो ।
सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्याली आयोजना गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए ।
उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ