अमेरिकाको न्यूयोर्कस्थित अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा अभूतपूर्व आपराधिक मुद्दाको सुनुवाइ गर्दै अभियोजकले ट्रम्पका तर्फबाट षडयन्त्र गरिएको र प्रमाण मेटाउने काम भएको अभियोग लगाएका छन् ।
सोमबार यस सम्बन्धी सुनुवाई भएको हो । अभियोजकले अदालतमा भनेका थिए,“व्यावहारिक ज्ञानबाट नै जुरीलाई उनी दोषी भएको महसुस हुनेछ ।”
ट्रम्पलाई घूस दिनका लागि कारोबारको रेकर्डमा हेरफेर गरेको भन्ने आरोप रहेको छ । तर, ट्रम्पले सो कुरा अस्वीकार गर्दै आएका छन् । ट्रम्पमाथि सन २०१६को राष्ट्रपति चुनाव अघि पोर्न अभिनेत्रीको मुख बन्द गर्नका लागि पैसा दिएको र सो सम्बन्धी रेकर्ड हेरफेर गरेको भन्ने आरोप लगाइएको छ ।
ट्रम्पले २०१६को राष्ट्रपति चुनाव जितेका थिए । सोमबार मुद्दाको सुनुवाइको क्रममा न्यूयोर्कस्थित अदालतमा मानिस खचाखच भरिएका थिए ।
ट्रम्पले वकिलहरुलाई आफू निर्दोष भएको जनाउँदै मुद्दाको सुनुवाई हुनुअघि उनले अदालती कारवाहीलाई चुनावी प्रक्रियामा दखल दिन खोजिएको आरोप लगाएका थिए । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति चुनाव हुँदैछ र ट्रम्प पनि एक मुख्य दाबेदार रहेका छन् ।
पोर्न अभिनेत्री स्टार्मी डेनियल्सले ट्रम्पले उनको साथ यौन सम्पर्क गरेको जनाएकी थिइन् । तर, ट्रम्पले सो कुरा अस्वीकार गर्दै आएका छन् । ट्रम्पका तर्फबाट डेनियल्सको मुख बन्द गर्नका लागि एक लाख ३० हजार डलर घूस दिइएको भनिँदै आएको छ ।
यस मामिलामा अभियोजनका मुख्य साक्षी माइकल कोहेन हुन् । उनले नै डेनियल्सलाई ट्रम्पका तर्फबाट पैसा दिइएको बताइएको बीबीसीमा समाचार प्रकाशित छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ