[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
एकैदिन देशभरका ३२७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार हिजो एकैदिन ३२७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका २०१ ठाउँमा सक्रिय डढेलो देखिएको छ ।
अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८–१८ ठाउँसहित देशका २८ वटा जिल्लाका २०१ ठाउँमा सक्रिय डढेलो रहेको हो । अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ ।
डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ ।
स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन मुस्किल छ । नेपालको भौगोलिक अवस्था र यहाँ हुने डढेलोको जोखिमका कारण डढेलो नियन्त्रणका लागि फायर फाइटिङ हेलिकोप्टर अनिवार्य भएको डढेलोबारे अध्ययन गरेका डाक्टर भूपेन्द्र दास बताउँछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं