सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम समुदायले यसरी मनाए ईद उल–फित्र (तस्बिरहरू)

मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज ईद उल–फित्र (ईद) मनाएका छन् ।

ईदको अवसरमा काठमाण्डाैकाे घण्टाघरमा रहेकाे मस्मिरी मस्जिदसहित देशैभरमा मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरूको भीड रहेको छ ।

एकअर्कालाई अङ्कमाल गरेर ‘ईद मुबारक’ भन्दै मुस्लिम समुदायका महिला तथा पुरुषले शुभकामना दिएका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

माथिका सबै तस्बिर : काठमाण्डाैकाे मस्मिरी मस्जिद

ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

नेपालगञ्जको वीपी चोक इदगाहमा ईद पर्वको अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

वीरगञ्जकाे इदगाह चाेकमा ईद पर्वकाे अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

घोराहीकाे इदगाहमा ईद पर्वको अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

इनरुवाकाे जामे मस्जिदमा ईद पर्वकाे अवसरमा बिहीवार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रासस

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १३:५०