सूचनाको शक्ति - The Power Of Information

        

डाँडा र पाखामा लालीगुराँसको सुन्दरता (तस्वीर कथा)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस ।

सधैं उराठ लाग्दा नेपालका पहाडी पाखा र हिमाली विकट क्षेत्र यत्तिबेला गुराँस फुलेर आकर्षक बनेका छन् । कतिपय ठाउँमा स्थानीय तहले गुराँसलाई पर्यटनसँग जोड्नका लागि विभिन्न कार्यक्रमसमेत बनाएका छन् । केही क्षेत्रमा गुरास उद्यान बनेका छन् । साताका तस्बिरमा गुराँस, सुन्दर बस्ती, हिमा र पाहाडका डाँडा र पाखा ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गल । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको दृश्य । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँस ।

प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराको मेलवास जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । गुँरास फुल्दा जङ्गल क्षेत्र मनमोहक देखिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो ।

स्रोत : तस्वीरहरु : रासस
प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०९:२१