सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

आमाजस्तै सासु, बाबाजस्तै ससुरा !

सबै बुहारीहरू म जस्तै भाग्यमानी भइदिए कस्तो सुन्दर हुन्थ्यो होला हाम्रो समाज । आँसुभित्रै लुकाउँदै भन्थे तपाईंहरू साथमा भएपछि मलाई के को चिन्ता ? तपाईंहरू हुनुहुन्छ नि तपाईंहरू ।

आखिर छोरी नै हो, जसले आफ्नो जन्म घरलाई चटक्कै छोडेर पराईको घरलाई आफ्नै सम्झेर जानुपर्ने । जन्मेको घर, जन्म दिने बाबाआमा, दाजुभाई, दिदीबहिनी, साथीभाइ, छरछिमेकी सबैलाई छोडेर नयाँ घर जाने कुरा वास्तवमै सामान्य कुरा पक्कै होइन । नयाँ घर, नयाँ घरका परिवारका सदस्य, नयाँ समाज, नयाँ संस्कार, नयाँ संस्कृति सबै कुरालाई सहर्ष स्वीकार्दै, त्यसैमा घुलमिल हुने । त्यसलाई आफ्नै संस्कार र संस्कृति बनाउने चुनौती पक्कै चानचुने होइन । फलानीको बुहारीको बोलीचाली, चालढाल, हिँडाइ, उठाइ बसाइ सबै कुरालाई ख्यालपूर्वक हेरिरहेका हुन्छन् घर र समाजले ।

म पनि छोरी मान्छे भएकाले यी सबै कुराहरूलाई नजिकबाट नियालेर हेरिहरेकी थिएँ । साथीभाइको बिहेपछि उनीहरूले भोगेका अधिकांश तीता र मिठा अनुभव सुनिरहेकी थिएँ । दाइजो नपाएको निहुँमा जिउँदै जलाएका, सासुससुराले दिने गरेको मानसिक पीडा । सर्वश्व सोचेर आफ्नो निजी जीवनलाई तिलान्जली दिएर पति परमेश्वर मानेको मान्छेले समेत दिने शारीरिक मानसिक यातनालाई समेत सहेर समाजसामु हाँसेर हिँड्नुपर्ने बाध्यताको सिकार हुनुपर्ने हाम्रो जीवनको एकपाटो नै हो कि जस्तो लाग्छ । यी र यस्ता घटना नेपाली समाजमा दैनिक भइहरने र अघिकांश नेपाली नारीहरूले भोगिरहने नियती हो ।

समाजको डर घरपरिवारको इज्जतरुपी भ्रमको कारण अधिकांश घटनाहरू दबिएर रहेका हुन्छन् भने एकाध घटनाहरू दाङको पारिलो घाममा, सुन्लता खाँदै घरको छतमा बसेर पढिरहेको बेला मोबाइलमा रिङ बज्यो । घरबाट बाबाले गरेको फोन रिसिभ गरी सन्चोबिसन्चो पछि बाबाले भन्नुभयो, अनिल जी तिम्रो हात माग्न आउनुभएको छ । यो शब्द सुन्दा मलाई आश्चर्य लागेन किनकि अनिल सुनिरहेको नाम र देखिरहेको मान्छे हुनुहुन्थ्यो । तर विवाहको कुरा सुन्दा, यी माथि लेखिएका समाजको तितो यथार्थता मानसपटलमा घुमिरहे । आखिर छोरीको जिन्दगी विवाह गरी अर्काको घरलाई आफ्नो घर बनाउनु स्वाभाविक नै हो । ठिक बेठिक छुट्याउन सक्ने म र अनिल जी जत्तिको मान्छेसँग विवाह गर्नु उपयुक्त नै लाग्यो पनि ।

यो विषयमा निर्णय गर्ने जिम्मा बाबामम्मीलाई नै दिए र यसमा आफू सकारात्मक रहेको छन्द पनि बाबालाई अनिल जी मैले पहिलो पटक कक्षा ७ को परीक्षा तयारी कक्षामा देखेकी थिएँ । उहाँ मैले पढ्ने विद्यालयमा सोहि कक्षामा विद्यार्थीको रुपमा देखेको थिए ! केटाकेटी पाराको मान्छे, विद्यार्थीसँग सहजै घुलमिल भएर साथी जस्तै गरी रमाउने, हल्का रिसाहा स्वभावको हुनुहुन्थ्यो । बिहे प्रस्तावपछि उहाँ म र परिवारबीच सरसल्लाह भयो र हाम्रो विवाह भयो । विवाह भएर पराइ घर गएकी नौली दुलही र छोटो बसाइँ भएकोले होला सायद म बुहारी हुँ भन्ने कुरा नै अनुभव गर्न पाइनँ । वैवाहिक कार्यक्रम कै बीच देखिएका सासुससुरा, देवर नन्द सबैले मप्रति देखाएको माया प्रेम मिठो लाग्यो ।

वैवाहिक कार्यक्रम सकिएपछि जिन्दगी बिगार्नुहुँदैन भन्ने सासुससुराकै सल्लाह अनुसार म कमाउनको लागि परदेश नै फर्किएँ । करिब एक हप्ताको विवाहपछिको घरको बसाइँ थोरै मात्र असहजता महसुस गरेँ । हुन त यो अवधि घर गरेको अवधि मानिँदैन होला । घरकी नौली बुहारी सबैको मायालु हुने नै भएँ । परदेशको बसाइँ चलिरहेकै थियो, चाडपर्वको बेला घर माइत गर्ने कल्पनामा नै बितेका थिए । टाढा भएर होला, परिवारका सदस्यहरूले मलाई माया प्रेम गरि नै रहनुभएको थियो । म बिहेपछिको घरमा छु भन्ने महसुस नै भएको थिएन । केटाकेटी झैं सानातिना रमाइलो कुरा गरिरहने ससुरा बुबा, सधैं किचनदेखि बाहिरसम्म सहयोग गर्ने सासुआमा र बहिनीले जस्तै माया गर्ने नन्द र देउरानी भाइ जस्तै देवर फोनमा जिस्कँदै गफिँदै बित्ने गर्थे ती दिन ।

केही गर्न थाल्यो भने तिमीलाई त थाहा छैन नौली मान्छे भैगो भैगो भन्ने सासुससुरा र भो भो भाउजु दिज्जु हामी गर्छम् के भन्ने नन्द देउरानी देख्दा लाग्थ्यो म त यो घरकी कान्छी छोरी नै पो हुँ कि । पतिदेवको अथाह प्रेम र परिवारको यो मायाले मलाई विवाहपछि नौलो घर गएको अनुभूति नै हुन दिएन । माइतमा गयो बाबाआमा, भाईको मााया र घरमा सबै परिवारका सदस्यहरूको माया र सद्भाव । परदेश जानेबेला घरबाट बिदाइ हुँदा सासुआमाले टीका लगाएर राम्रोसँग जाउ है, संस्कारी मान्छेले अरू कुनै चिन्ता नलिई काम गर्नुपर्छ । तिमीलाई हामी सबैको आशीर्वाद छ भन्दै बिदाइ गर्दा लाग्थ्यो भगवानले मेरा लागि दुई आमाहरू दिएको रहेछ । परदेशको बसाईपश्चात घरमै बसेर प्राइभेट बिजनेस गर्ने चाहना व्यक्त गरे घरमा ।

यो मेरो निर्णयमा सासुससुरा सहमत हुनुहुन्थ्यो । उहाँहरू चाहनुहुन्थ्यो कि बुहारी सधैं हाम्रो वरिपरि भए हुन्थ्यो । तर हामी बुढाबुढीको निर्णयपछि उहाँहरूले पनि सहमति जनाउनुभयो । बुढासँगै मिलेर आफ्नो बिजनेसको काम गर्न थाल्यौं । उहाँ सँगसँगै पेशासहित म राजनीति र समाजसेवामा लाग्ने प्रस्ताव राखे तर म चाहिँ असल गृहिणी हुँ भन्ने कहिल्यै भुल्न चाहन्थे बाबाआमा र देवर देउरानि नन्द थियौं घरमा । परिवारका सबै सदस्यहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने भएकाले र सासुससुरा पनि सहनशील भएकाले होला एकाधबाहेक घरमा कलहको सृजना भएन । बुढाले हामीलाई सधैं भन्नुहुन्थ्यो, बुवाआमालाई हामी बनाउन सकिँदैन, हामी बुवाआमा जस्तै बन्नुपर्छ । पुरानो रितिरिवाज, संस्कार संस्कृतिमा जन्मेर हुर्किनु बढ्नु भएको बुबाआमालाई आधुनिक संस्कृतिमा रमाउने छोराबुहारीबीच फ्युजन हुनु र त्यसको समान प्रयोग हुुनु नै सफल परिवारको मन्त्र नै रहेछ ।

सासु र बुहारीबीच विचार नमिल्दा ससुरा बुवाले समन्वय गर्ने र ससुरा र बुहारीबीच विचार नमिल्दा सासुआमाले समन्वय गर्ने निकै उन्नत संस्कार थियो मेरो परिवारमा । कहिलेकाहीँ बुढाबुढीबीच झगडा हुँदा मलाई असल बनाउन अनेक उपाय अपनाउने सासुससुरा देख्दा म आफूले आफूलाई निकै भाग्यमानी मान्थेँ । मलाई सधैं भन्नुहुन्थ्यो, छोरो अलिक रिसाहा छ, त्यो बेला तिमी शान्त बन्नु है । हुन त ब्यवसायीक कारणले जीवनमा आउने समस्याको कारण कहिलेकाहीँ उहाँ टेन्सनमा भए पनि त्यसको प्रभाव परिवारमा पर्न दिनुहुँदैन थियो । बिचरा मेरी भगवानरुपी सासुआमा कति सरल, इमानदार ।

यही क्रममै राजनीतिक, सामाजिक र जीवन बिट मार्दै मैले आफुलाइ परदेश पस्ने योजना सुनाए । यी सबै सुन्दा र देख्दा जीवनमा फेरि फरक मोड आउने हो कि भन्ने चिन्ताले सताउन थाल्यो हामीमा । दूधेबालक म आफै सुत्केरी, वृद्ध बाबाआमालाई छोडेर परदेश पस्ने मेरो चाहना थिएन । विदेश यात्राको योजना, दूधेबालक, बृद्ध तथा बिरामी सासुससुरा बुवा यो बेला आफूले आफूलाई सम्हाल्न निकै गाह्रो परिरहेको थियो । यस्तो अवस्थामा बुहारी परदेश पस्दा विचरा बुढा बाबाआमाको मनमा के खेलिरहेको थियो होला ? साहारा चाहिने बेला बुढेसकालको साहारा भनेकै बुहारी विदेश पस्दा उहाँहरूलाई कति गाह्रो भएको थियो होला ।

तर यो अवस्थामा पनि आफूहरूले आफूहरूलाई सम्हाल्दै मलाई भन्नुहुन्थ्यो, हामी छौं नि तिम्रो साथमा चिन्ता नगर, तिम्रो शरीर मात्रै त हो विदेश जाने हामी त तिमीसँगै छौ नि त । बुढाबुढी छौं समस्या परे मिलेर सामधान गर्छाैं भनेर ढुक्क थियौं, अब तिम्रो दुःखपीडामा हामी छौं, तिम्रो दुःखसुखको सारथी हामी हौं, पिर नगर है हामी छौं हामी । सासुआमा र ससुराबुबाका यी कुराहरूले आँखा रसाउथे, सोच्थेँ कति भाग्यमानी बुहारी म । सबै बुहारीहरू म जस्तै भाग्यमानी भइदिए कस्तो सुन्दर हुन्थ्यो होला हाम्रो समाज । आँसुभित्रै लुकाउँदै भन्थेँ तपाईंहरू साथमा भएपछि मलाई केको चिन्ता ? तपाईंहरू हुनुहुन्छ नि तपाईंहरू ।

दिनहरू पनि कत्ति छिट्टै बिते म जाने दिन पनि आयो, गाउँ समान साथीभाइ, बुढा बाबाआमा, बुढो र कोक्रोमा मस्त निदाइरहेको महिने बच्चालाई बिदाईको हातहरू हल्लाउँदै परदेश लागे । सोचेको थिएँ म परदेश पसेसँगै सासुससुराको बोली, व्यवहार फेरिने पो हो कि ! तर त्यसो भएन, सासूससुरा परिवारका अन्य सदस्यहरूले मलाई गर्ने माया ममता बढ्दै गयो । मप्रति उहाँहरूको प्रेम र सद्भाव बढ्दै गयो । मलाई उहाँको अभाव महसुस नै हुन दिनुभएन । उता माइतमा बुवा आमा को याद । यो बेला सासूआमाको सामिप्यता, सहयोग र सद्भावले पीडामा मल्हम लगाउने निकै महत्त्वपूर्ण भूमिका खेल्यो । सासुससुराले सधैं भन्नुहुन्थ्यो, तिम्रो लागि बाबाआमा हामी नै हौ । हामी हुन्जेलसम्म तिमीले चिन्ता लिनुपर्दैन । हामी छौं नि !

यो उहाँहरूको बोलीमा मात्र सीमित थिएन, व्यवहारमा पनि यस्तै थियो । बुवा यस्तो भयो, आमा उस्तो भयो, यो चाहियो, त्यो चाहियो । यी दैनिकजसो म बोलिरहने शब्द नै भइरहेका थिए । उहाँहरूले कहिल्यै पनि एक्लै भएको महसुस हुन दिनुभएन । नाती बिरामी हुँदा सबैभन्दा पहिले उहाँहरू नै आत्तिनु हुन्थ्यो । म बिरामी हुँदा होस्, या परदेशमा केही हुँदा कति चिन्ता दिएका छौं है हामीले भन्थें मैले बेलाबेलामा । उहाँहरूको सहज उत्तर हुन्थ्यो, यो त हाम्रो जिम्मेवारी हो । सायद यसैले भनिएको होला बाबाआमा भनेको भगवानको अर्काे रूप हो । मैले बेला बेला भन्थें मलाई किन छोरीलाई भन्दा धेरै माया गर्नुहुन्छ नि ? उहाँहरूको जवाफ हुन्थ्यो, तिमी पनि त बाबाआमालाई जस्तै मायाममता, आदार सम्मान र रेखदेख गर्छ्यौ नि त । तिमी बुहारी होइनौं छोरी हौ ।

सासुससुरा बुबा आमाका यी कुराहरू र यस्तो व्यवहार हेर्दा लाग्थ्यो उहाँहरू साक्षात भगवान हो । अहिले पनि सन्तान र बुढालाई छोडेर विदेशमा छु । उहाँहरूले अहिले पनि दिनको एक पटक अनिवार्य बोल्नुपर्छ है भन्नुहुन्छ । राति केही नराम्रो सपना देख्यो कि आत्तिँदै फोन गर्नुहुन्छ । तिमीसँग नबोली त निद्रा नै लाग्दैन, खाना नै मिठो हुँदैन । यता हाम्रो पिर नगर है आफ्नो भविष्यको बारे सोच भन्नुहुन्छ । हामीलाई जन्माउँदा, हुर्काउँदा आफ्नो जवानीको तिलान्जली दिनुभो । अहिले पनि हाम्रो भविष्यको लागि आफ्नो वृद्ध अवस्थामा संघर्ष गरिरहनु भएको छ । हामीले हजुरहरूबाट धेरै पायौं, तर शुन्यबाहेक केही दिन सकेनौं । म चाहन्छु कि यदि अर्काे जन्म छ भने तपाईंहरूकै छोरीबुहारी भएर जन्मन पाऊँ धन्य मेरा भगवानरुपी सासुआमा ससुराबुबा । हजुरहरू धन्य हुनुहुन्छ !

 

उही हजुरको बुहारी
सबि

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार ०८:२१