कालिकोटको खाडाचक्र ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ । स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।
यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो । छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो ।
आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । जंगलमा बाख्रा चराउन गएको बेला उनीहरु डढेलोमा परेका हुन् । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कालिकोट