अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे ।
दिव्या भने अमेरिकामा अध्ययनरत छिन् । यो फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् । वैशाखदेखि छायांकन सुरु हुने यो फिल्मको प्रदर्शन कात्तिक १५ गते हुने जनाइएको छ ।
निर्माताले बिहीबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मलाई उक्त मितिमा ल्याउने घोषणा समेत गरेका छन् । केही दिनमा सुरु हुने फिल्मको कार्यशालामा दिव्याले पनि सहभागिता जनाउने भएकी छन् । फिल्ममा उनको शीर्ष भूमिका हुने जनाइएको छ । दुई अभिनेत्रीमध्ये आना शर्मा पनि एक हुन् ।
यो फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् । ‘पण्डित बाजेको लौरी’पछि अद्धृत फिल्मसको यो दोस्रो प्रोजेक्ट हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ