आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को शुभारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ । सन् २०२३ को अन्तिम महिना डिसेम्बरको अन्तिम दिन ३१ तारिखको मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष २०२४ को स्वागत गरियो ।
नयाँ वर्षको अवसरमा विश्व नै निकै रङ्गिन बनेको छ । अन्तर्राष्ट्रिय डेटलाइनका कारण विश्वका विभिन्न मुलुकमा तारिख परिवर्तन हुने समय फरकफरक छ । क्यालेन्डर पूर्ण रुपमा परिवर्तन हुन २६ घन्टाको समय लाग्ने गर्छ ।
तर, सबैभन्दा पहिले नयाँ वर्षको स्वागत किरिबातीमा गरिएको छ । त्यसपछि न्यूजिल्यान्डमा । विश्वका विभिन्न मुलुकले पटखा पड्काउँदै, गीत सङ्गित गाउँदै, बजाउँदै र नाच्दै नयाँ वर्षको स्वागत गरेका छन् । यस्तो देखियो नयाँ वर्षको स्वागतमा झुमिरहेको संसार :
अस्ट्रेलियाको सिडनीमा नयाँ वर्षको भव्य स्वागत ।
मेक्सिकोमा नयाँ वर्ष
ब्राजिलमा नयाँ वर्ष मनाउन भेला भएकाहरू ।
इन्डोनेशियामा नयाँ वर्षको स्वागत गर्न साङ्गिति कार्यक्रम ।
युद्धमा होमिएको इजरायलमा नयाँ वर्षको साँझ देखिएको झलक ।
अमेरिकाको न्यूयोर्क सहरमा नयाँ वर्षको स्वागतका लागि भेला भएकाहरू ।
टर्कीमा नयाँ वर्षको स्वागत ।
जापानमा नयाँ वर्षको अवसरमा भेला भएका सर्वसाधारण ।
युद्धमा रहेको रुसमा नयाँ वर्षको पूर्व सन्ध्यामा देखिएको दृश्य ।
भारतमा नयाँ वर्षको पूर्व सन्ध्यामा समुद्र किनारमा भेला भएका नागरिक ।
नयाँ वर्षमा फूल बेच्दै व्यावसायी ।
नयाँ वर्षको स्वागतका लागि न्यूजिल्यान्डको स्काइटावरमा भेला भएका सर्वसाधारण ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं