२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को शुभारम्भ

आज सन् २०२४ को पहिलो दिन, झुम्दैछ संसार (तस्वीर कथा)

अन्तर्राष्ट्रिय डेटलाइनका कारण विश्वका विभिन्न मुलुकमा तारिख परिवर्तन हुने समय फरकफरक छ । क्यालेन्डर पूर्ण रुपमा परिवर्तन हुन २६ घन्टाको समय लाग्ने गर्छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस १६ गते सोमबार

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को शुभारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ । सन् २०२३ को अन्तिम महिना डिसेम्बरको अन्तिम दिन ३१ तारिखको मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष २०२४ को स्वागत गरियो ।

नयाँ वर्षको अवसरमा विश्व नै निकै रङ्गिन बनेको छ । अन्तर्राष्ट्रिय डेटलाइनका कारण विश्वका विभिन्न मुलुकमा तारिख परिवर्तन हुने समय फरकफरक छ । क्यालेन्डर पूर्ण रुपमा परिवर्तन हुन २६ घन्टाको समय लाग्ने गर्छ ।

तर, सबैभन्दा पहिले नयाँ वर्षको स्वागत किरिबातीमा गरिएको छ । त्यसपछि न्यूजिल्यान्डमा । विश्वका विभिन्न मुलुकले पटखा पड्काउँदै, गीत सङ्गित गाउँदै, बजाउँदै र नाच्दै नयाँ वर्षको स्वागत गरेका छन् । यस्तो देखियो नयाँ वर्षको स्वागतमा झुमिरहेको संसार :

अस्ट्रेलियाको सिडनीमा नयाँ वर्षको भव्य स्वागत ।

मेक्सिकोमा नयाँ वर्ष

ब्राजिलमा नयाँ वर्ष मनाउन भेला भएकाहरू ।

इन्डोनेशियामा नयाँ वर्षको स्वागत गर्न साङ्गिति कार्यक्रम ।

युद्धमा होमिएको इजरायलमा नयाँ वर्षको साँझ देखिएको झलक ।

अमेरिकाको न्यूयोर्क सहरमा नयाँ वर्षको स्वागतका लागि भेला भएकाहरू ।

टर्कीमा नयाँ वर्षको स्वागत ।

जापानमा नयाँ वर्षको अवसरमा भेला भएका सर्वसाधारण ।

युद्धमा रहेको रुसमा नयाँ वर्षको पूर्व सन्ध्यामा देखिएको दृश्य ।

भारतमा नयाँ वर्षको पूर्व सन्ध्यामा समुद्र किनारमा भेला भएका नागरिक ।

नयाँ वर्षमा फूल बेच्दै व्यावसायी ।

नयाँ वर्षको स्वागतका लागि न्यूजिल्यान्डको स्काइटावरमा भेला भएका सर्वसाधारण ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार