कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम गायब पारेपछि चर्को आलोचना भएको छ । आइतबार गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको नाम नै उल्लेख छैन् ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरको आधिकारिक वेवसाइटबाट जारी भएको उक्त शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नभएपछि मुख्यमन्त्री कार्कीको आलोचना सुरु भएको हो ।
मुख्यमन्त्री कार्कीको सन्देशलाई सामाजिक सञ्जालमा ‘यी मान्छे कुन प्रदेशका मुख्यमन्त्री रैछन्’ भन्दै उनको कार्यशैलीको आलोचना भइरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई आफू कोशी प्रदेशको सरकार प्रमुख भन्न किन संकोच लागेको होला ? सर्वत्र प्रश्न उठेको छ ।
कार्कीले बेनामे प्रदेशको लेटर हेडमा ल्होसारको शुभकामना सन्देश जारी गरेसँगै उनको नियतमाथि सर्वसाधारणले शंका गरेका छन् । उनले जारी गरेको सन्देशमा आफूलाई मुख्यमन्त्री भनेर चिनाए पनि प्रदेशको नाम भने खुलाउन सकेका छैनन् ।
कोशी प्रदेशका बहुमत सदस्यले नामाकरण गरेको प्रदेशको नाम सरकारी लेटरहेडमा नराखेर कार्कीले कोशी प्रदेशलाई बेनामे बनाएका छन् । कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलन र विरोधलाई राजनीतिक सहमतिबाट टुंगोमा पुर्याउने अवस्था रहँदारहँदै मुख्यमन्त्री कार्कीले सरकारी कागजातमा प्रदेशको नाम नै हटाएर गैरजिम्मवार भूमिका देखाएका छन् ।
बहुमत सदस्यले कोशी प्रदेशको नाम जुराएजस्तै कार्की पनि कोशीका बहुमत सदस्यबाट निर्वाचित मुख्यमन्त्री हुन् । कार्कीले सरकारी लेटरहेडमा प्रदेशको नाम उल्लेख नगर्ने हो भने मुख्यमन्त्रीको कुर्सीमा बस्ने योग्यता र नैतिकता दुवै गुमाउने छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं