भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारीमा प्रदर्शनकारीले आफू चढेको गाडी जलाउँदा मन्त्रालयको ल्यापटपसँगै महत्वपूर्ण कागजपत्र पनि जलेको बताएका छन् ।
‘हामी त उम्कियौँ । तर ल्यापटपसँगै मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन,’ प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि मन्त्री ज्वालाले भने, ‘हामी भीडबाट सकुशल उम्कियौँ । गाडीचाहिँ पूरै आगो लगाएका छन् ।’
आफूलाई निकालेर गाडीमा आगो लगाइएको उनले बताएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं