सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।
हिजो बिहीवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा पार्टीबाट मन्त्री भएकाहरूले आ–आफ्ना मन्त्रालयमा भए/गरेका कार्य प्रगति पेस गर्ने कांग्रेसले जनाएको छ ।
हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्ने बताएका छन् ।
पटक–पटक अवसर पाएका र चुनावमा पराजित भएका नेतालाई आउँदो राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनाउन नहुनेमा पनि उनीहरूले जोड दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ