सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने छ।
सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा, राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड तय गर्न र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयमले मन्त्रीको कार्यसम्पादनबाट चित्त बुझाएका छैनन्।
उनले सार्वजनिक रुपमा नै कार्यसम्पादन कमजोर भएका मन्त्रिहरुलाई परिवर्तन गरेर नयाँ ढंगले जाने उद्घोष गर्दै आएका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ