सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले भाेलि दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मङ्गलवार दिउँसाे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १४:४६

लोकप्रिय