आज यो वर्षको सबैभन्दा छोटो दिन हो । अंग्रेजी पात्रो अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । आजको दिन सबैभन्दा छोटो हुन्छ भने रात सबैभन्दा लामो ।
वैज्ञानिकहरुका अनुसार जाडो मौसममा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यबाट सबैभन्दा टाढा पर्छ । पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउने क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा विपरीत दिशामा झुकेको छ भन्ने पक्षले चिसो मौसम र गर्मी मौसमको निर्धारण गर्दछ ।
त्यसैगरी, पृथ्वीको कुनै भूभागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भूभागमा धेरै समयसम्म रहने हुँदा दिन छोटो र लामो हुन्छ । पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका मुलुकहरुमा आज वर्षकै छोटो दिन हुन्छ । तर दक्षिणी गोलार्द्धमा रहेका मुलुकहरुमा आज वर्षको सबैभन्दा लामो दिन हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं