नेकपा एमालेको ‘झुलाघाट (बैतडी)– चिवाभञ्ज्याङ (पाँचथर) मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धि संकल्प पदयात्रा आज समापन हुँदैछ ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो ।
संकल्प यात्राको अन्तिम दिन आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्दैछ । चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।
चिवाभञ्ज्याङको कार्यक्रम सकेर टोली साँझ फिदिम फर्किने र भोली काठमाडौँ प्रस्थान गर्ने बताइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ