२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

मंसिर ३० र पुस १ गते बन्द

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २९ गते शुक्रबार

प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले कोशी बन्दको आह्वान गरेको छ । समितिले मंसिर ३० र पुस १ गतेका लागि बन्दको आह्वान गरेको हो ।

समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ— गोत्रीय नाम खारेज गर्न र पक्राउ परेका नेताहरू बिनासर्त रिहाइ गर्न बन्दको आह्वान गरिएको हो ।

यत्ति गर्दा पनि नेताहरू रिहाइ नभए आम हड्तालको घोषणा गर्ने चेतावनी समितिले दिएको छ । त्यस्तै लेगुवाघाट-चिवाभञ्ज्याङ बन्दलगायतका कार्यक्रमहरू निरन्तर रहने समितिले जनाएको छ ।

यसअघि खोटाङको हलेसीमा प्रदर्शन गर्ने क्रममा किरात गणराज्य मोर्चाका संरक्षकसमेत रहेका समितिका नेता गोपाल किरातीलगायतका दर्जनौं नेताहरू पक्राउ परेका छन् । समितिले उनीहरूलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार