प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले कोशी बन्दको आह्वान गरेको छ । समितिले मंसिर ३० र पुस १ गतेका लागि बन्दको आह्वान गरेको हो ।
समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ— गोत्रीय नाम खारेज गर्न र पक्राउ परेका नेताहरू बिनासर्त रिहाइ गर्न बन्दको आह्वान गरिएको हो ।
यत्ति गर्दा पनि नेताहरू रिहाइ नभए आम हड्तालको घोषणा गर्ने चेतावनी समितिले दिएको छ । त्यस्तै लेगुवाघाट-चिवाभञ्ज्याङ बन्दलगायतका कार्यक्रमहरू निरन्तर रहने समितिले जनाएको छ ।
यसअघि खोटाङको हलेसीमा प्रदर्शन गर्ने क्रममा किरात गणराज्य मोर्चाका संरक्षकसमेत रहेका समितिका नेता गोपाल किरातीलगायतका दर्जनौं नेताहरू पक्राउ परेका छन् । समितिले उनीहरूलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ