प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।
‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’, गजुरेलले भने ।
उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौला’, उनले भने ।
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट आकांक्षा राखेका गजुरेलल प्रतिनिधिसभाको टिकट पाएका थिएनन् ।
त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ