यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर तस्वीर विशेष देखिए । खुलेको मौसमसँगै देखिएका दृश्य, विकास निर्माणसँगै बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाका तस्वीर सबैभन्दा बढी चर्चामा रहे । सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा पानसराले बाटोमै छोरीलाई जन्म दिएको तस्वीर सामाजिक सञ्जालमा सबैभन्दा बढी शेयर भएको थियो । यो साताका केही तस्वीरहरु :
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा पदमार्गमा लगाएको ट्रस्ट र पृष्ठभूमिमा देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । तस्वीर : दिलकुमार लिम्बू । रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२ स्थित बनहरा नदीमा ट्रयाक्टरको सहायता उखुले भरिएको ट्रली तारिँदै । पुलको अभावमा यस क्षेत्रका किसानले सामान ओसार पसारमा सास्ती खेप्नु परेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस
बाजुराको बूढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरीलाई जन्म दिएको तस्बिर । तस्वीर : प्रेम रौले । रासस
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक फराकिलो बनाउन भित्ता काटिदै । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत सडक साँघुरो भएको ठाउँमा भित्ता काटेर फराकिलो बनाउने काम भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य । तस्वीर : कमल खत्री । रासस
हिमाली जिल्ला मनाङमा अनावृष्टि पछि मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएको नासों गाउँपालिका–९ दानाक्युको बस्ती । तस्वीर : नवीन लामिछाने । रासस
जुम्लाको सिंजा गाउँपालिका–३ स्थित नराकोट गाउँ । तस्वीर : विजय रावत । रासस
हिउँले ढाकेको माथिल्लो मनाङ । तस्वीर : नवीन लामिछाने । रासस
यू–१९ एसिया कप खेल्ने आठ राष्ट्रका कप्तान र एसिया कप । तस्वीर : क्यान
ताप्लेजुङको पाथीभरा जाने पदमार्गमा पर्ने काफ्ले पाटी र ठूलो फेदी क्षेत्र । काफ्ले पाटीसम्म यातायातका साधन सञ्चालन हुन्छ यहाँदेखि पाँच किलोमिटर हिंडेपछि पाथीभरा पुगिन्छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्री यस क्षेत्रमा बास बस्ने गर्छन् । तस्वीर : दिलकुमार लिम्बू । रासस
चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ मा पर्ने निर्माणाधीन खहरे खोला पुलमा काम गर्दै श्रमिक । यो पुल आर्क ब्रिज मोडलमा निर्माण गर्न लागिएको छ । तस्वीर : कृष्ण आचार्य । रासस
गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित ठूलो पोखरीबाट देखिएको मनोरम हिमशृङ्खलासहितको अमला भन्ज्याङ्ग गाउँ । तस्वीर : दीपक श्रेष्ठ । रासस
सत्यपाटी संवाददाता । काठमाडौं