राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ ।
आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।
यस्तै बैठकले आउँदाे पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहसहित पार्टीकाे सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेकाे छ ।
बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाई रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आउँदाे पुस १, २ र ३ गते काठमाण्डाैमा बस्ने छ ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपचुनावमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ